बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक « Khabarhub

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले हराएको छ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की ले ह्याट्रिक गरे। खेलको सुरुवातमै राफिन्हाको क्रसलाई उपयोग गर्दै लेडवाक्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

३६ वर्षीय भेट्रान खेलाडीले २२ ओ मिनेटमा ब्राजिलियन स्टार राफिन्हाकै सहयोगमा अर्को गोल गरेका हुन्।

३२ ओ मिनेटमा एरिक गार्सियाको पासमा गोल गर्दै उनले ह्याट्रिक गरे। उनले पछिल्ला ११ खेलमा कुल १२ गोल गरेका छन्।

एट्लेटिको म्याड्रिड भने रियल सोसिडाडसँगको खेलमा १-१ गोलको बराबरी रोकिएको छ। आइतबार राति नै भएको खेलमा सेभियाले रियल बेटिसलाई १-० ले हराएको छ। गिरोनाले एथलेटिको क्लबसँगको खेलमा २-१ को जित हात पारेको छ।

९ खेलको समाप्तिमा बार्सिलोनाको २४ तथा रियल म्याड्रिडको २१ अङ्क छ। एट्लेटिको म्याड्रिड र भिल्लारियलको १७ अङ्क छ। ओसासुनाको १५ तथा एथलेटिको क्लबको १४ अङ्क छ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : १९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना