माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा « Khabarhub

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुगेका छन् ।  

राष्ट्रपति मुइज्जुलाई राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको स्रोतले जनाएको छ । राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सका राष्ट्रपति मुइज्जु र प्रथम महिला साजिद मोहम्मदलाई सोमबार बिहान राष्ट्रपति भवनमा स्वागत गरेका छन् । 

राष्ट्रपति मुइज्जु र प्रथम महिला साजिदा मोहम्मदले सोमबार नै नयाँदिल्लीको राजघाट पुगी महात्मा गान्धीको समाधीस्थलमा श्रद्धाञ्जलि अर्पण गरी आगन्तुक पुस्तिकमासमेत हस्ताक्षर गरेका छन्  ।

भारतको भ्रमणमा रहेका मुइज्जुले सोमबार राष्ट्रिय राजधानीको हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति मुइज्जु माल्दिभ्सकी प्रथम महिलासहित आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि आइतबार भारत आइपुगेका हुन् ।

मुइज्जुले आइतबार राष्ट्रिय राजधानीमा विदेश मन्त्री एस जयशङ्करसमक्ष भेटवार्ता भएको थियो ।  जयशङ्करले मालदिभ्सका राष्ट्रपतिको भारत भ्रमणका लागि स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका थिए भने राष्ट्रपति मुइजुले आफूलगायत आफ्नो प्रतिनिधिमण्डलको न्यानो स्वागतका लागि भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेको माल्दिभ्सको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख  छ ।

द्विपक्षीय बैठकमा जयशङ्कर र मुइज्जुले दुई देशबीचको प्रगाढ सम्बन्धलाई बढावा दिनेबारे छलफल गरेको माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै  राष्ट्रपतिले मुइज्जुले प्रथम महिला साजिद मोहम्मदसँगै नयाँ दिल्लीमा बसोबास गर्ने माल्दिभ्स समुदायसँग पनि भेटवार्ता गरेको स्रोतले जनाएको छ । अन्तरक्रियाको क्रममा उहाँले माल्दिभ्स समुदायको कल्याण र चुनौतीहरू सम्बन्धी मुद्दाहरू सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे। 

यस वर्षको जुन महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि मुइज्जुको यो दोस्रो भारत भ्रमण हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : २४ बजे

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख