सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण « Khabarhub

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । 

अस्पतालका निर्देशक प्रा.डा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको हो । महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको उनले बताए।

‘एचबि ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिएको निर्देशक लम्सालले बताए। साथै पाठेघरको मुखको ‘भिआइए’ परीक्षण गरिने भन्दै उनले परीक्षणका क्रममा ‘भिआइए पोजेटिभ’ आएकाहरूका लागि सर्भाइकल बायोप्सी (क्यान्सर भएरनभएकोबारे गरिने परीक्षण) निःशुल्क गरिएको उनले जानकारी दिए। स्तन क्यान्सरको परीक्षण भने आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे निःशुल्क गरिने प्रा.डा लम्सालले बताए। 

लक्षित समूहअन्तर्गत भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरूको आज परीक्षण गरिँदै छ । यसैगरी मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरूको परीक्षण गरिने छ ।

बुधबार देवचुली र गैँडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको निःशुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ । सबै परीक्षणहरू सिएमसी क्यान्सर इन्स्टिच्युटमार्फत गरिने छ । 

चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमामार्फत् एक लाखसम्म, विपन्न उपचार कोषबाट रु एक लाखसम्मको सुविधा पाउँछन् भने प्रदेश सरकारबाट अधिकतम थप दुई लाखसम्म पाउँछन् । सामाजिक सुरक्षा कोषमार्फत उपचार गर्नेहरूले ८० प्रतिशत छुट पाउँछन् । अस्पतालले सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार गर्दै आएको जनाएको छ ।

अत्याधुनिक उपकरण, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकबाट सेवा दिँदै आएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताए । अस्पतालमा क्यान्सरसँगै मुटुसम्बन्धी सबै किसिमका रोगको उपचार हुँदै आएको उहाँले जानकारी दिए।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : ३३ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित