शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा २७०० विन्दु पार गरेको बजार पुन: १६०० को विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

प्रि–ओपन सेसनमा ३ अंकले बढेर सुरु भएको शेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो । बजार बढेर ३ पटक सम्म २७०० को विन्दु पार गरेको थियो । तर बजार बन्द हुँदा भने नेप्से बढेर २६९० विन्दु कायम भएको हो । आज बजारमा एक पटक पनि घटेको थिएन । 

आज २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह ०.७१ प्रतिशतले घटेर ३ हजार ३३१ विन्दुमा र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घटेर ७ हजार १५४ विन्दुमा आएको छ । 

सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.५० प्रतिशतले बढेर ६ हजार ७४९ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले बढेर २०.७० विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.९०, विकास बैंक १.१९ प्रतिशतले, हाइड्रोपावर १.०५ प्रतिशतले, लगानी १.४६ प्रतिशतले, जिवन बीमा १.११ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा ०.८८ प्रतिशतले, अन्य समूह २.६१ प्रतिशतले र ट्रेडिङ समूह १.४६ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : १६ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा