महिलाका मुद्दामा साझा अभियान चलाइने « Khabarhub

महिलाका मुद्दामा साझा अभियान चलाइने


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को संयुक्त कार्य योजना तयार भएको छ । 

काठमाठौँमा आज आयोजित छलफलमा तीन वटै संस्थाले महिलाका साझा मुद्दामा अभियान सुरु गर्ने जानकारी दिएका छन् । यसै अभियानका क्रममा कात्तिक ९ गते पूर्व सांसदबीच उपत्यका भेला गरिने भएको छ । 

विसं २०६४ सालदेखि अहिलेसम्म निर्वाचित सांसदको उपत्यका भेला गर्ने कार्यतालिका रहेको नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिए। उनले महिलाको सवाल समाजदेखि सदनसम्म बलियो बनाउने अभियानमा राजनीतिक दलका महिला भातृ सङ्गठन एक भएर अभियाननै चलाउन सुरु गरिएको बताए । 

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकार)का अध्यक्ष अमृता थापाले राजनीतिक आस्था र सक्रियता जहाँ भए पनि महिलाका मुद्दा स्थापित गर्न नारी आन्दोलनमा एकरूपता अनिवार्य रहेको सुनाए । 

नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घका अध्यक्ष उषा राउतले महिलाका मुद्दामा पार्टीभन्दा माथि उठेर अभियान चलाउनु जरुरी रहेको बताए। छलफलमा सहभागी संविधानसभा सदस्य डा बिन्दा पाण्डेले कात्तिक ९ गते हुने भेला माथि प्रकाश पारे । 

विसं २०६४ साल यता निर्वाचित भएका उपत्यकामा उपलब्ध हुने सांसदको भेला गरेर महिलासँग सम्बन्धित राजनीतिक, आर्थिक, सामाजिक विषयमा अन्तरक्रिया गर्ने बताए।

उनका अनुसार नेपालको महिला आन्दोलनको साझा मुद्दा, निर्वाचनसम्बन्धी एकीकृत कानुन माथि छलफल, निर्वाचनमा महिलाको अवस्था, मिसन २०८४ मा ५० प्रतिशत महिला उम्मेदवारको राजनीतिक उपस्थीति हुनुपर्ने विषयमा सांसदको भूमिका कस्तो हुने भन्ने लगायत मुद्दामाथि छलफल हुनेछ । 

संविधानसभा सदस्य सुनिलबाबु पन्तले महिला आन्दोलनले समाजमा विद्यमान लैङ्गिक असमानता हटाउन सक्ने सम्भावनाबारे बिचार राखे । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ०३ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित