किन गरिन्छ शिवलिंगको पूजा ? « Khabarhub

किन गरिन्छ शिवलिंगको पूजा ?


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्त्व छ । शिवलिंग भनेको भगवान् शंकरको प्रतीक मानिन्छ । धर्मशास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसैले उत्पादक शक्तिको चिन्हको रूपमा लिंगको पूजा गर्ने गरिन्छ ।

लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मातृ शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इङ्गित गर्दछ ।

शिवलिंग पूजा गर्नुका कारणहरू

शिवलिंग मान्यताको अनुसार, लिंग एउटा विशाल लौकिक अण्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।

शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्साउँछन् ।

शिवलिंगका बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दाबी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दाबी गरे ।

त्यसपछि त्यहाँ एक विशाल लिंग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लिङ्गको समाप्ति बारे पहिला पत्ता लगाउँछ त्यो नै श्रेष्ठ हुनेछ । दुवै जना विपरीत दिशामा शिवलिंगको समाप्ति खोज्न निक्लिए । तर उनीहरूलाई कुनै समाप्ति मिलेन यसले उनीहरूमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् ।

शिवलिंगको उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिंगको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : २९ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल