ललितपुरको खोकनामा सिकाली जात्रा (तस्बिरहरु) « Khabarhub

ललितपुरको खोकनामा सिकाली जात्रा (तस्बिरहरु)


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालीहरूको चाड दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन । 

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा मङ्गलबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

खोकनावासी दशैं मनाउँदैनन् । यो जात्रालाई दसैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : ४६ बजे

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि

हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल,

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज