बुद्धिको दाबी : ‘ज्वाइँ साब’का दर्शक निराश हुनुपर्दैन | Khabarhub Khabarhub

बुद्धिको दाबी : ‘ज्वाइँ साब’का दर्शक निराश हुनुपर्दैन


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार बुद्धि तामाङको अभिनय रहेको फिल्म ‘ज्याइँ साब’ असोज २४ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउँदैछ । आफू सो फिल्मका केन्द्रीय पात्र जितु नेपाल ‘ज्वाइँ साब’को निकट पात्रको भूमिकामा रहेको उनी बताउँछन् ।

फिल्ममा आफूले ‘भगवान तामाङ’ चरित्र निर्वाह गरेको उनले खुलाए । भूमिकाबारे उनी थप्छन्, ‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाइलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ । उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ ।’

‘ज्वाइँ साब’ हेर्न हलमा पुग्ने दर्शक निराश भएर फर्कन नपर्नु उनको दाबी छ । थप्छन्, ‘ज्वाइँ साब हेरिरहँदा दर्शकले मजा लिनुहुन्छ । इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक, मनछुने र हँसाउने कथा छ ।’

फिल्मको ट्रेलरमा प्रमुख नायिका नीति शाहलाई आफ्नो बनाउन चाहने युवाहरुले प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धि पनि सहभागी छन् ।

यसबारे बुद्धि भन्छन्, ‘त्यो एक असल ज्वाइँ बन्न के-के नियम चाहिन्छ भन्ने प्रतिस्पर्धा हो । निकै चाखलाग्दो छ । तर त्यस्तो प्रतियोगितामा भाग लिन निकै गाह्रो ।’

यस फिल्ममा आफूलाई बिलकुलै नयाँ भूमिकामा देख्न पाइने उनी बताउँछन् । भन्छन्, ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।’

यस फिल्मका निर्देशक वसन्त निरौलासँग बुद्धिको दोस्रो सहकार्य हो । यसअघि उनीहरुले फिल्म ‘होलिडे’मा सहकार्य गरेका थिए । त्यस्तै, यसअघि जितुसँग बुद्धिले ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरेका छन् ।

यस फिल्ममा जितु, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ३ : २० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ  ।  नेपाल

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने

कैलाली– बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकको वाक्चाखामा

‘दुई सयको बचत, दस हजारको सहारा’

इलाम– विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये