जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस् « Khabarhub

जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस्


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चर्चित अभिनेत्री मनीषा कोइरालाले जुम्लाको अर्गानिक स्याउ खान अपिल गरेकी छिन् । जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसँग उभिएर कोइरालाले नेपालमै उत्पादित स्याउ प्रयोग गर्न आग्रह गरेकी हुन् । 

ज्ञानेन्द्र शाहीले जुम्लाबाट स्याउ ल्याइदिनुभयो । हामीले अर्गानिक र नेपालमै उत्पादित खानुपर्छ,’ कोइरालाले भनिन्, ‘कस्तो स्वादिष्ठ र पौष्टिक छ । हेर्दा चम्किलो नभएपनि खाँदा मिठो छ ।’ 

सांसद शाहीले जुम्लाको स्याउ ब्रान्डिङका लागि विभिन्न सेलिब्रेटीसँग भेट गरिरहेका छन् । उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई स्याउ उपहार दिएर संसदमा भाषण गरेका थिए । जुम्लाका किसानले उत्पादन गरेको स्याउ बेच्न उनले विभिन्न निकायसँग पहल पनि गरेका छन् । 

स्याउको ढुवानीमा अनावश्यक व्यवधान खडा गरिएको भन्दै उनले संसदबाट विरोधसमेत गरेका थिए । प्रचार–प्रसार भएपछि यसपटक जुम्लाको स्याउले बजार पाएको किसानहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०२ बजे

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका

लागूऔषधसहित पाँच जना पक्राउ

चितवन– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित पाँच जनालाई पक्राउ