नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग | Khabarhub Khabarhub

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो ।

देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले बताए ।

 भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उहाँले विपद्मा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थयलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०६ बजे

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर