ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद | Khabarhub Khabarhub

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीरमा जेकेएनसी र हरियाणामा भाजपालाई सफलता


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका कारण फाइनल खेल अगाडि नै खेल त्याग्न बाध्य भएकी तथा पदक गुमाएकी कुश्तीवाज भिनेस पोगातले भारतमा सम्पन्न विधान सभा निर्वाचनमा सफलता पाएकी छिन्। उनले जम्मु काश्मीरको जुलाना राज्यबाट जित हात पारेकी हुन्।

काङ्ग्रेसकी उम्मेदवार उनले भारतीय जनता पार्टीका उम्मेदवार योगेश कुमारलाई ६ हजार १५ मतान्तरले हराएकी हुन्। सन् २००५ देखि काँग्रेसले सफलता नपाएको सो राज्यमा चुनाव जित्ने उनी पहिलो महिला कुश्तीवाज हुन्।

विधान सभा निर्वाचनमा जम्मु एन्ड काश्मीर नेसनल कन्फरेन्स (जेकेएनसी)ले सबै भन्दा धेरै स्थानमा सफलता पाएको छ। जेकेएनसीले ४२ तथा भाजपाले २९ स्थानमा जित हात पारेका छन्। काँग्रेसले ६ स्थानमा जित हात पारेको छ। जेकेएनसी र काँग्रेसले गठबन्धन गरेका कारण यो गठबन्धन नै सरकार बनाउनका लागि कामियाव भएको छ। जम्मु काश्मीरमा भाजपाले आफूले अनुमान गरे भन्दा बढी प्रतिशत मत पनि पाएको हो। यसका साथै सिट पनि विगतको भन्दा बढाएको हो। यसका बाबजुद जेकेएनसी र काँग्रेस गठबन्धनले सफलता पाएको हो। अन्य शक्तिको अपेक्षाकृत कमजोर रहेको थियो।

हरियाणामा सम्पन्न विधान सभा निर्वाचनमा भने भाजपाले पहिलो स्थान पाएको छ। भाजपाले ४८ सिटमा जित हात पार्दै एकल सरकार बनाउने भएको दोस्रो स्थानमा रहेको काङ्ग्रेसले ३७ स्थानमा सफलता पाएको हो। हरियाणामा धेरै सर्वेक्षणले काङ्ग्रेसले सफलता पाउने जनाएका थिए। यो सर्वेक्षणका बाबजुद भाजपाले सफलता पाउँदै सरकार बनाउने पक्का भएको हो।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ७ : १४ बजे

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं– ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष