पलाञ्चोक भगवतीमा दर्शनार्थीको भीड « Khabarhub

पलाञ्चोक भगवतीमा दर्शनार्थीको भीड


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बडादशैँ अन्तर्गत नवरात्रको अवसरमा काभ्रेको पाँचखालस्थित पलाञ्चोक भवगत मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन् ।

विसं ४२५ सालमा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ ।

बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीले एक स्थानीय एक वृद्धलाई सपनामा आफ्नो मूर्ति उक्त स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको जनश्रुति छ ।

त्यसअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हाल मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र अर्को दिन बिहान उठाएर लैजाने प्रयास गर्दा उठाउन नसकेपछि सोही स्थानमा देवीको उक्त मूर्ति राखेर पूजा हुन थालेको हो ।

पलाञ्चोक भगवतीथानमा १९९० सालको भूकम्पमा खासै क्षति नभएको स्थनीय ज्येष्ठ नागरिकहरू बताउँछन् । देवीको मूर्तिको शिर थोरै पश्चिमतिर ढल्किएको छ ।

विसं २०७२ सालको भूकम्पले मन्दिरमा सामान्य क्षति भएको थियो । पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वासमा देशका विभिन्न स्थानका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : २१ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी