विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ « Khabarhub

विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विमानस्थलको गोप्य जानकारी संदिग्ध चिनियाँ जासुसलाई उपलब्ध गराएको आरोपमा जर्मनीमा एक जना चिनियाँ महिला पक्राउ परेकी छिन् । जर्मन प्रहरीले लाइपजिग शहरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलाको नाम याची एक्स रहेको जर्मन प्रहरीले जनाएको छ । समाचार संस्था एपीका अनुसार उनलाई जर्मनीको गोपनियता कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । उनले चीनको जासुसी निकायका लागि काम गरिरहेको आशंका गरिएको छ ।

उनी लाइपजिगस्थित हले विमानस्थलमा लजिस्टिक सेवा उपलब्ध गराउने कम्पनीमा कार्यरत थिइन् । उक्त विमानस्थलले हवाइ यात्रु र कार्गो सेवा दिँदै आएको छ । यद्यपि उक्त विमानस्थल खासगरी कार्गो सेवाका लागि परिचित रहेको एपीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार सन् २०२३ को अगस्टदेखि यस वर्षको फेब्रुअरीसम्म उनले जियान गुओ नाम गरेका व्यक्तिलाई विमानस्थलको जानकारी बारम्बार चुहाउँदै आएकी थिइन् ।

जर्मन नागरिकताधारी गुओलाई गत अप्रिल महिनामा पक्राउ गरिएको थियो । उनीमाथि चिनियाँ जासुसी निकायका लागि काम गरेको आरोप लगाइएको छ । यसबारे जर्मनीमा रहेको चिनियाँ राजदूतावासले कुनै टिप्पणी नगरेको एपीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ५६ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)