गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा | Khabarhub Khabarhub

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो । 

मङ्गलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रस्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा. पौडेलले जानकारी दिए । शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि अस्पतालले सामान्य प्रसूति सेवा दिने गरेको थियो । बागलुङमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरि अस्पतालमा मात्रै शल्यक्रियामार्फत प्रसूति गराइँदै आइएको थियो ।

‘आमा सुरक्षा कार्यक्रमअन्तर्गत परिवार कल्याण महाशाखाले गत भदौ १६ गते नगर अस्पताललाई शल्यक्रियामार्फत प्रसूति गराउने अनुमति दिएको थियो’, डा पौडेलले भने। उनले भने– ‘अब यो सेवा लिन अन्यत्र जानु पर्दैन ।’ 

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले अब यस क्षेत्रका गर्भवतीलाई नगर अस्पतालमै सुरक्षित रुपमा प्रसूति गराउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्दै जाने बताए।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : १५ बजे

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली