रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक हमला, घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद « Khabarhub

रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक हमला, घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि साङ्घातिक हमला गरेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।

गएराती अज्ञात समूहले गढिमाई नगरपालिका  १ समनपुरका कनहाई साहको छोरा सुनचाँदी व्यवसायी चन्दन साह सोनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते  बनाएका छन । घाईते सोनारलाई अहिले उपचारका लागि वीरगन्ज स्थित वयोधा अस्पताल पठाइएको थियो ।

घाईते व्यवसायीको हाल बयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दीलिप घिमिरेका अनुसार गएराती करिब साढे ८ बजे गरुडा र धमौरा गाँउ बिचको बाटो अवरुद्व बनाई ३५ वर्षीय  सोनारमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते बनाएको थियो ।

गरुडा ९ नरकटिया गाउँदेखि १ किलोमीटर दक्षिण बाटोमा  गरुडाबाट समनपुर तर्फ जाँदै गरेको ना ४८ प ४५५७ नम्बरको को मोटरसाइकल रोकेर अज्ञात समूहले व्यवसायीमाथि आक्रमण गरेको थियो ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले घाइतेलाई उपचारको लागी पठाएको थियो । घटनास्थालमा प्रहरीले खुकुरी १ थान  र कटुवा पेस्तोल थान -१ फेला पारेको थियो ।

घाइतेको ना ४८ प ४५५७ नम्बरको मोटरसाईकललाई खुकुरी प्रहार गर्ने ब्यक्तिले लिई भागेकामा घटनास्थल भन्दा १ किलोमीटर पूर्वतर्फ रोडको पिलरमा ठोकी सोही ठाउँमा लडेको अवस्थामा बरामद भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

न्युजकारखानाबाट

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : २६ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट