रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक हमला, घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद « Khabarhub

रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक हमला, घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि साङ्घातिक हमला गरेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।

गएराती अज्ञात समूहले गढिमाई नगरपालिका  १ समनपुरका कनहाई साहको छोरा सुनचाँदी व्यवसायी चन्दन साह सोनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते  बनाएका छन । घाईते सोनारलाई अहिले उपचारका लागि वीरगन्ज स्थित वयोधा अस्पताल पठाइएको थियो ।

घाईते व्यवसायीको हाल बयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दीलिप घिमिरेका अनुसार गएराती करिब साढे ८ बजे गरुडा र धमौरा गाँउ बिचको बाटो अवरुद्व बनाई ३५ वर्षीय  सोनारमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते बनाएको थियो ।

गरुडा ९ नरकटिया गाउँदेखि १ किलोमीटर दक्षिण बाटोमा  गरुडाबाट समनपुर तर्फ जाँदै गरेको ना ४८ प ४५५७ नम्बरको को मोटरसाइकल रोकेर अज्ञात समूहले व्यवसायीमाथि आक्रमण गरेको थियो ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले घाइतेलाई उपचारको लागी पठाएको थियो । घटनास्थालमा प्रहरीले खुकुरी १ थान  र कटुवा पेस्तोल थान -१ फेला पारेको थियो ।

घाइतेको ना ४८ प ४५५७ नम्बरको मोटरसाईकललाई खुकुरी प्रहार गर्ने ब्यक्तिले लिई भागेकामा घटनास्थल भन्दा १ किलोमीटर पूर्वतर्फ रोडको पिलरमा ठोकी सोही ठाउँमा लडेको अवस्थामा बरामद भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

न्युजकारखानाबाट

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : २६ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी