चाडपर्वमा पनि बलेनन् सडकबत्ती « Khabarhub

चाडपर्वमा पनि बलेनन् सडकबत्ती


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ ।

लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक । यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिँदै जान्छ, सडक उत्तिनै निष्पट्ट अँध्यारो हुँदै जान्छ ।

स्थानीय सत्य नारायण चौधरी सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै नभइ स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घटना न्यूनीकरण हुनु पनि बताउँछन् ।

अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ । त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले पनि यस्तै बेला अनैतिक हर्कत देखाउने गर्दछन् ।

सहर बजार मानिएको लहानको यस मुख्य चोकमै सडकबत्ती नहुनुले राम्रो सन्देश नदिएको उनको टिप्पणी छ । ‘यो क्षेत्र अत्यधिक चोरी हुने ठाउँ हो । चोरले दिउँसै घर फोरौँला जस्तो गर्छन् । रातको समयमा सडकबत्ती नहुँदा उनीहरूले त्यसको फाइदा लिने सम्भावना हुन्छ । विगत लामो समयदेखि सडक बत्तीको लागि वडा कार्यालयदेखि नगरपालिकासम्म धाउँदा पनि समस्या समाधान हुन सकेको छैन । चाडबाडको समयमा पनि बजार छेवैको सडक अन्धकार हुनु बत्तीमुनिको अँध्यारो भनेजस्तै जस्तै भयो’, चौधरीले भने ।

यस क्षेत्रमा रहेको वडा नम्बर ८ मा पर्ने २ नम्बर सडकमा भने गत वर्षदेखि स्मार्ट सडकबत्ती जडान गरिएको हुँदा झिलिमिलि रहेको छ । लामो समयदेखि हुलाक चोकदेखि उत्तर–पूर्वतर्फ जाने सडकमा सडकबत्ती नहुँदा सडक अन्धकार भएको सम्बन्धमा वडा अध्यक्ष रामनाथ पण्डितले नगरपालिकासँग समन्वय गरेर आवश्यक सडकबत्तीको व्यवस्था गर्न पहल गर्ने बताए ।

नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका सम्पूर्ण सडकमा बत्ती जडानका लागि बर्सेनि ठेक्का लाग्ने गरेको र यस वर्षको लागि पनि ठेक्का लागिसकेकाले चाँडै समस्या समाधान हुने बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ६ : ५१ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण