भारतीय उद्योगपति रतन टाटाको निधन | Khabarhub Khabarhub

भारतीय उद्योगपति रतन टाटाको निधन


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ । ८६ वर्षको उमेरमा गएराति मुम्बईस्थित ब्रिच क्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन् ।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतनले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा ल्याउन ठूलो योगदान रहेको छ ।

रतन टाटा सन् १९६१–६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ ।

पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभरजगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ७ : १६ बजे

चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या

काठमाडौं– विश्वमा चोटपटकका घटनाको भार घट्दै गएपनि, सीमित सुरक्षा चेतना

झापा महिला गोल्डकप सोमबारदेखि

बनियानी– ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

क्वालालम्पुर- गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार

वरुणको नेतृत्वमा चौधरी ग्रुपले बिकाजीसँग मिलेर नयाँ उद्योग खोल्दै, ५० करोड लगानी

काठमाडौं-राजनीतिक अन्योल, आर्थिक मन्दी र निजी क्षेत्रले सामना गरिरहेको कठिन