विश्वमा हरेक बर्ष ६ सय बुर्ज खलिफा बराबर खाना नष्ट « Khabarhub

विश्वमा हरेक बर्ष ६ सय बुर्ज खलिफा बराबर खाना नष्ट


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज पनि नेपालका ग्रामिण तथा पिछडिएको क्षेत्रका धेरै मानिस गरिबीको रेखामुनी छन् । उनीहरुले राम्रो खाना त परै जाओस्, बिहान–बेलुका दुई छाक खान पनि धौधो पर्ने गरेको छ ।

दैनिक भोकसँग लड्ने उनीहरु खाना अभावमा मृत्युवरण गर्न बाध्य छन् । तर शहरका होटल तथा अधिकांश भोजभत्तेरमा अत्यधिक मात्रामा खाना फ्याकिने गरिन्छ । यसरी फ्याकिने खानालाई जोगाउन जति नै प्रयास गरिएपनि नष्ट हुनबाट जोगाउन सकिएको छैन । तर के तपाईलाई थाहा छ, विश्वभर बर्सेनि कति खाना नष्ट हुन्छ ?

संयुक्त राष्ट्र संघको खाद्य एवं कृषि संगठन (एफएओ)का अनुसार विश्वभरमा बर्सेनि १ दशमलव ३ बिलियन टन अन्न नष्ट हुने गरेको छ । यसरी नष्ट हुने खानाका लागि प्रयोग भएको अन्नको हिसाब गर्ने हो भने २ हजार ६ सय बुर्ज खलिफा बराबर हुन्छ । बुर्ज खलिफा संयुक्त अबर इमिरेट्स (युएई) को दुबईस्थित चर्चित गगनचुम्बी भवन हो । जसलाई २०१० मा बनाइएको थियो ।

यो विश्वको सबैभन्दा अग्ला भवन मध्ये एक हो । विश्वका धनी देशका उपभोक्ताद्वारा मात्र २ सय २२ मिलियन टन खाना फ्याकिन्छ । यसरी फ्याकिने खानाको मूल्य कति होला ?

खाद्य एवं कृषि संगठनका अनुसार विश्वका विकसित राष्ट्रहरुले मात्र बर्सेनि झण्डै ७५ हजार करोड अर्थात ७ सय ४९ खर्ब नेपाली रुपैया (रु. ७,४९,९८,०१,६०,००,०००) बराबरको खाद्य सामग्री नष्ट गर्ने गरेका छन् ।

विकासोन्मुख देशहरुको तथ्यांक थपेमा त्यो रकम अझ बढ्नेछ । यसरी फ्याकिएका खाना नष्ट हुँदा त्यसको ब्यवस्थापनमा समेत खर्च हुने गरेको छ । नष्ट भएका खाद्य सामाग्रीको ब्यवस्थापन गर्न ठूलो धनराशिको खर्च हुने गरेको छ । स्टैटिस्टा डट कमका अनुसार यसरी खाना फ्याक्ने तथा नष्ट गर्नेमा अष्ट्रेलिया पहलो नम्बरमा छ । दोस्रोमा अमेरिका, तेस्रोमा टर्की, चौथोमा स्पेन पाचौँमा जापान रहेको छ ।

कुन देशले बार्षिक कति खाना नष्ट गर्छन् ? (प्रति ब्यक्ति)

१. अष्स्ट्रेलिया – ३६१ किलोग्राम
२. अमेरिका – २७८ किलोग्राम
३. टर्की – १६८ किलोग्राम
४. स्पेन – १६५ किलोग्राम
५. जापान – १५७ किलोग्राम
६. जर्मनी – १५४ किलोग्राम

छिमेकी मुलुक भारत खाना नष्ट गर्ने श्रेणीमा २१ नम्बरमा छ भने चीन २२ नम्बरमा रहेको छ । संगठनले जारी गरेको तथ्यांकअनुसार फ्याकिने खानामा ३० प्रतिशत अन्न, ४० प्रतिशत माटो मुनी फल्ने बाली, फलफूल र तरकारीजन्य सामाग्री रहेका छन् । त्यसै अत्यधिक नष्ट हुने खाद्य सामाग्रीमा तेलहन, माछामासु र दूग्धजन्य उत्पादन रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : ०१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले