तानसेनमा फूलपाती भित्र्याइयो (तस्बिरहरु) « Khabarhub

तानसेनमा फूलपाती भित्र्याइयो (तस्बिरहरु)


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दशैँघरमा बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ । 

तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसय वर्ष १५ वर्ष अघि स्थापना गरेको दशैँघरमा परम्परा धान्दै बडा दशैँको फूलपाती भित्र्याइएको हो । 

जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दशैँघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ । 

कोतघरमा दैनिक पूजाआजा गरिन्छ । प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी, शसस्त्र र मन्दिरका पुजारी दरवार परिसरमा रहेको दसैँघरबाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको दि फेमस महिन्द्र दल गण नागपोखरी ब्यारेक गएका थिए । सैनिक र प्रहरीले सलामी दिएपछि दशैँघरमा पुजा आजा सहित फूलपाती लिन गएका हुन् । 

सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्ती लगायतका पात तथा फलहरूलाई पूँजी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ४ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल