हुथी आक्रमणबाट यमनी तटमा रहेको जहाजमा क्षति « Khabarhub

हुथी आक्रमणबाट यमनी तटमा रहेको जहाजमा क्षति


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दुबई– यमनको हुथी विद्रोहीले महिनौंदेखि गरेको आक्रमणपछि बिहीबार रेड सीमा ‘क्षेप्यास्त्र’ले एउटा जहाजलाई ठक्कर दिएर क्षति पुर्‍याएको बेलायती सामुद्रिक निकायले जनाएको छ ।

बेलायती नौसेनाद्वारा सञ्चालित युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) ले भनेको छ, ‘जहाजका मालिकले अज्ञात प्रक्षेप्यद्वारा प्रहार गरिएको र जहाजमा निरन्तर क्षति पुगेको, कुनै आगलागी वा हताहती भने नभएको रिपोर्ट गरेका छन्।’

इरानसमर्थित हुथी विद्रोहीको कब्जामा रहेको होडेइदाबाट ७० नटिकल माइल दक्षिणपश्चिममा आक्रमण हुँदा नजिकै थप दुई वटा विस्फोट भएको युकेएमटीओले जनाएको छ ।

‘चालक दलका सदस्य सकुशल रहेको बताइएको छ । जहाजहरूलाई सावधानीका साथ ट्रान्जिट गर्न र कुनै पनि शङ्कास्पद गतिविधिको रिपोर्ट गर्न सल्लाह दिइएको छ,’ बेलायती सेनाद्वारा सञ्चालित निकायले भनेको छ। 

इरानसम्बद्ध समूहहरूको ‘प्रतिरोधको’ को एक भाग हुथी लडाकुहरूले नोभेम्बरदेखि रेड सी र एडेनको खाडीमा जहाजहरूलाई लक्षित गर्दै आएका छन् जसलाई उनीहरूले इजरायल–हमास युद्धको समयमा प्यालेस्टिनीहरूको समर्थनको रूपमा वर्णन गरेका छन्।

यी आक्रमणहरूले महत्वपूर्ण व्यापारिक मार्गलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ । आक्रमणको बदलामासंयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोहीलाई लक्षित गरी प्रतिशोधपूर्ण आक्रमणहरू सुरु गरेका छन्। 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ५ : ५१ बजे

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको