‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान « Khabarhub

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । “देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वासका साथै लोकतन्त्रान्त्रिक गणतन्त्रन्त्रात्मक संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गरेका छौँ”, उनले भने ।

उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म हालैको विपद् र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेको र यसका कार्यमा सबैको थप सहयोग र सहकार्यको अपेक्षा गरिएको बताए । उनले भने, “यतिबेलै अमेरिकाको फ्लोरिडा सामुन्द्रिक आँधीबाट आक्रान्त छ, साधनस्रोत सम्पन्न देश भएर पनि त्यहाँ विपद् व्यवस्थापनमा कमजोरी रहेको सुनिन्छ । त्यसैले हाम्रो सन्दर्भमा पनि वस्तुनिष्ठ ढङ्गले हेरिनुपर्छ । सरकारले इमान्दारपूर्वक काम ग¥यो वा गरेन, सरकारका निकाय परिचालित भए वा भएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामथ्र्यले भ्याएसम्म खटेकै छौँ ।”

बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत सहयोग र खोजी कार्यमा सम्पूर्ण जनसङ्गठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयम्सेवी भूमिकासहित सहयोगमा लाग्न निर्देशन दिएको छ । आगामी मङ्सिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न पार्टीले निर्देशन दिने निर्णयसमेत गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ७ : २६ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका