संस्कृति जोगाउन पिर्के पिङको संरक्षण « Khabarhub

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी – दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ । 

विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दशैं तिहारमा पुनः संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो । काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ । नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो ।

यहाँको रूपा गाउँपालिकाले दुई वर्ष यता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नबराज ओझाले बताए।

‘पिर्के पिङप्रतिको आकर्षण बढाउन दुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत १० हजार  प्रोत्साहन रकम दिने गरिएको छ’, उनले भने, ‘दुई वर्ष अघि छ वटा मात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ ।’

कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ । २०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्ता समितिका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिए।

‘हामी सानो हुँदा ठूलोपाटनमा पिर्के पिङ हाल्ने गर्थ्यौँ’, अध्यक्ष पौडेलले भने, ‘त्यस यता पिङ हाल्ने प्रचलन हराएपछि संस्कृतिको जगेर्ना गर्न यस वर्षदेखि पुनः पिङ हाल्न थालिएको हो ।’ तत्कालीन समयमा पिङ हालेका अनुभवी जनशक्तिसँग परामर्श लिनुका साथै रुपा गाउँपालिका–४ ठकुरी गाउँमा पुगेर पिङमा प्रयोग गरिने सामग्रीको नाप बारे जानकारी लिइएको उनले बताए।

दसैंका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन् । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ३ : १३ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट