बाराक ओबामाको ‘ब्ल्याक भोटर’ सँग भावुक अपील « Khabarhub

बाराक ओबामाको ‘ब्ल्याक भोटर’ सँग भावुक अपील


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालेले डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा बहालवाला अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि मतदातासँग भावुक अपील गरेका छन् । 

उनले काला जातिका अमेरिकी नागरिक (ब्ल्याक भोटर) सँग कमलाको पक्षमा मतदान गर्न अपील गरेका हुन् ।

ओबामाले काला जातिका मतदातासँग भनेका छन्, ‘कमला ह्यारिसको पालनपोषण तपाईंहरू जस्तै हो । उहाँ तपाईंहरूका साथ नै क्याम्पसमा पड्नु भएको हो । कमला तपाईंहरूको अनुभवका साथसाथै सुख–दुःखबारे जानकार हुनुहुन्छ । ट्रम्प (डोनाल्ड) ले केवल तपाईं र पूरै समुदायका साथ उपेक्षा भावमात्रै राखेका छन् ।’ 

सम्बोधनमा ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरूको आलोचना पनि गरे । ट्रम्पले पनि मिशिगनमा आफ्नो चुनावी ¥यालीका दौरान भनेका थिए, ‘यदि, कमला ह्यारिस राष्ट्रपति बनिन् भने त्यो अमेरिकाका लागि समस्याजस्तै हुने छ ।’

ओबामा अमेरिकी इतिहासमा राष्ट्रपति पदको शपथ लिने पहिलो पहिले अश्वेत व्यक्तिमा पर्छन् । उनी सन् २००८ मा अमेरिकाका पहिलो ‘ब्ल्याक’ राष्ट्रपति बनेका थिए । ओवामाले लगातार दुई कार्यकाल (२००८ देखि २०१२ र २०१२ देखि २०१६) अमेरिकाको शासन सत्ता सम्हालेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १२ : २७ बजे

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग