संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : अध्यक्ष नेपाल « Khabarhub

संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : अध्यक्ष नेपाल


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन् ।

विजयादशमीका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले संस्कृतिले पारम्पारिक सम्मान, सहअस्तित्व र  राष्ट्रिय एकतालाई बलियो बनाउन विजयादशमीले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मुलुकको गौरव बढाउने मौलिक संस्कृति सम्वर्द्धन गर्दै उनले जनतालाई सुख, समृद्धि र सामाजिक सद्भाव बढाउन यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नुपर्ने बताए ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै अध्यक्ष नेपालले  सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न सांस्कृतिक एकताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषणका साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सामाजिक न्याय तथा समानता कायम गरी राष्ट्रिय निर्माणमा लाग्न सबै नेपालीलाई आग्रह गरे ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : १४ बजे

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज