बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति « Khabarhub

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् । 

 चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँधलाई भत्काउँदा क्षति भएको छ । 

हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ ।  क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ । बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको उनले जानकारी दिए। 

लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई  कोशी पम्प चन्द्रनहर डिभिजन कार्यालयले विगत दुई वर्षदेखि पुनःनिर्माण गर्दै थियो । नहर बन्द भएपछि यहाँका किसान चिन्तित भएका छन् । नहर मर्मतसम्हार प्रारम्भ गर्न स्रोत–साधन जुटिनसकेको अध्यक्ष यादवले बताए। 

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १२ : ३५ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा