बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो « Khabarhub

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुउडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ ।

मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । 

प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो । यस गिरोहले सलमानलाई पटक पटक धम्की दिँदै आएको छ ।

बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । त्यसपछि उनी बाबा सिद्धिकीको घरमा समेत पुगेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

राजनीतिक मुद्दाबाट टाढा रहेका अधिकांश मानिसहरूले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे। हरेक वर्ष रमजानको अवसरमा मुम्बईमा आयोजना हुने यो पार्टीको मुख्य आकर्षण यहाँ पुगेका सेलिब्रेटीहरू थिए । रेड कार्पेटमा साना ठूला सेलिब्रेटीहरुको उपस्थितिका कारण चर्चामा रहने गर्दथ्यो ।

यो पार्टीले शाहरुख खान र सलमान खानबीचको वर्षौं पुरानो झगडाको अन्त्य गरेको थियो । सलमान र शाहरुखको झगडा मिलाउने श्रेय पनि बाबा सिद्दिकीलाई नै जाने गर्दछ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ३ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार