भारतीय राष्ट्रपति अल्जेरिया प्रस्थान « Khabarhub

भारतीय राष्ट्रपति अल्जेरिया प्रस्थान


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया र मलावीको सात दिने भ्रमणका लागि आइतबार अल्जेरिया  प्रस्थान गरेकी छिन् ।

अफ्रिकी राष्ट्रमा राष्ट्रपति मुर्मुको यो पहिलो भ्रमण हो । आफ्नो भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठकहरू गर्ने तथा भारतीयहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । 

भारतको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति मुर्मूले आफ्ना समकक्षी अब्देलमाद्जिद तेबुनेको निमन्त्रणामा अक्टोबर १३–१५ सम्म अल्जेरियाको भ्रमण गर्ने छिन्।

मन्त्रालयका अनुसार भ्रमणको दोस्रो चरणमा भारतीय राष्ट्रपति मुर्मूले  अक्टोबर –१६ मा मौरितानियाको भ्रमण गर्ने कार्यतालिका रहेको छ । 

भ्रमणको अन्त्येमा उनले अक्टोबर १७–१९ सम्म मलावीको भ्रमण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ४ : ११ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको