चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा « Khabarhub

चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो ।

भेरी करिडोर सडकखण्डको तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पुर्‍याउने लक्ष्य छ । सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। 

पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका–१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताए। जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिए। भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ । 

जुम्लाको भालुलेक हुँदै मुड्केचुला गाउँपालिकामा सडक जोडिए पनि जाजरकोट हुँदै जाने भेरी करिडोरसँग बल्ल सिधा सडक जोडिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । त्रिवेणीस्थल भेरी नदी माथीको पुल भने अझै निर्माण हुन सकेको छैन । 

क्याराभान निर्माण सेवाले उक्त पुलको ठेक्का लिएर काम नगरेको हो । पुल निर्माण नहुँदा झोलुङ्गे पुलमार्फत मोटरसाइकल तारेर मुडकेचुला जाने गरिएको कालिकाका स्थानीय सरोज थापाले बताए।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : २० बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि