ट्रम्पको र्‍यालीबाट एक बन्दुकधारी गिरफ्तार « Khabarhub

ट्रम्पको र्‍यालीबाट एक बन्दुकधारी गिरफ्तार


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया – शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्‍यालीको ठिक बाहिरबाट एक व्यक्ति बन्दुकसहित गिरफ्तार भएका छन्।

अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार उनी नक्कली पास बनाएर त्यस कार्यक्रममा पुगेका थिए। लास भेगासमा ४९ वर्षीय भर्न मिलरलाई एसयुभी (स्पोर्ट युटिलीटी भेइकल) बाट गिरफ्तार गरिएको हो।

त्यहाँको कानुनी निकाय सेरिफ अफिसले घटनाले ट्रम्प र उनको कार्यक्रममा उपस्थितको सुरक्षामा कुनै समस्या नआएको जनाएको छ। मिलरलाई त्यसपछि पाँच हजार अमेरिकी डलर धरौटीमा रिहा गरिएको हो।

आइतबार त्यहाँको कानुनी निकायले गरेको जानकारी अनुसार ती व्यक्ति ट्रम्पकै समर्थक थिए। यसअघि दुई पटक आक्रमणबाट बचेका ट्रम्पमाथि हुनसक्ने अर्को आक्रमणको जोखिम देखेर उनी त्यहाँ निगरानी गरेर बसेको अनुमान छ।

त्यसैगरी निर्वाचनको पूर्व सन्ध्यामा धेरै समाचार संस्था अन्य निकायले कसैको पनि प्रस्ट अग्रता देखाएको छैन। औसतमा उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा ५० प्रतिशत तथा डोनाल्ड ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ।

एबिसी न्युजले थर्ड पार्टी क्यान्डीडेटलाई समेत सामेल गरेर गरेको सर्वेक्षणमा ह्यारिसको पक्षमा ५० प्रतिशत तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको थियो। राष्ट्रसितका उम्मेदवारको तुलनाको सर्वेक्षणमा भने ह्यारिसको पक्षमा ५१ तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत थिए।

एनबिसी न्युज पोलले आइतबार गरेको सर्वेक्षण अनुसार ट्रम्पको पक्षमा ४७ तथा ह्यारिसको पक्षमा ४६ प्रतिशत मत देखिएको थियो। यी दुई उम्मेदवारलाई मात्र सहभागी गराउँदा भने दुवैको ४८ प्रतिशत मत थियो। विभिन्न सर्वेक्षणलाई हेर्दा निर्वाचन परिणाम अनिश्चित नै देखिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ५ : ४७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।