रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न धुर्मुसको आह्वान « Khabarhub

रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न धुर्मुसको आह्वान


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा बन्ने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले गो फन्ड मीमार्फत आर्थिक सहयोगका लागि आह्वान गरेका छन् ।

केही महिनाअघि औपचारिक रुपमै घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तलीले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत आर्थिक रकम संकलन गरिरहेका छन् ।

‘हामीले यसलाई दीर्घकालीन हिसाबले रंगशाला सञ्जालनमा आउने उद्देश्यले परिकल्पना गरेका हौँ,’ धुर्मुसले आह्वान गर्दै भनेका छन्, ‘क्रिकेट मात्र नभएर अन्य विधाका खेल पनि खेल्न मिल्ने गरी यसको निर्माण थालेका छौँ ।’

यो समाचार तयार पार्दासम्म गो फन्ड मीमा एक सय ६० डलर जम्मा भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि ३ अर्ब लाग्नेछ । धुर्मुस–सुन्तलीले रंगशाला निर्माणकै लागि केही हप्ताअघि विदेशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम समेत गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ५ : ४२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको