‘पोस्ट मनसुन’को प्रभावले चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध « Khabarhub

‘पोस्ट मनसुन’को प्रभावले चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको जनाएको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।

मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको छ । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।

सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकोमा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । ‘काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ’, मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ६ : १८ बजे

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवनले सुरुमामा

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी