डडेलधुराको अमरगढीमा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते « Khabarhub

डडेलधुराको अमरगढीमा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – डडेलधुराको अमगरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका- ३ की ४५ वर्षीया जैमती बोहोरा, अन्दाजी २१ वर्षीया कमला बोहोरा, उनका दुई दिनको नाबालक छोरा र अन्दाजी २२ वर्षीय सहदेव बोहराको उपचारकोक्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियाे ।

दुर्घटनालगत्तै उक्त क्षेत्रमा उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको टोली परिचालित भएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ७ : ०४ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी