जनताको पहिलो सरकार बर्दिबाला प्रहरी : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

जनताको पहिलो सरकार बर्दिबाला प्रहरी : मुख्यमन्त्री कार्की


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताएका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अपराधीलाई कानुनको दायराभित्र ल्याउनसक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गरे। उनले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बन्न्पर्ने धारणा राखे ।

उनले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘सङ्खीय सरकारले प्रहरी ऐन बनाएर छिट्टै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्छ ।’

सात दशक इतिहास बोकेको नेपाल प्रहरी अहिले पनि साधन र स्रोतले सम्पन्न हुन नसक्नु दुःखद विषय हो भन्दै सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले प्रहरी संरचना सवारीमा ठूलो लगानी गरेको जानकारी दिए।

सूचना प्रविधिको विकाससँगै प्रहरीले पनि आफूलाई सोही स्तरमा परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘जनताको जीउधनको सुरक्षा गरेर समाजमा सुशासन कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण छ ।’ उनले प्रदेश सरकारले प्रहरीको माध्यमबाट शान्तिसुरक्षा, सुशासन र शासकीय पद्धति सुधार गर्न प्रयत्नशील छ भन्दै प्रहरीको विशिष्ट भूमिकाले नै जनता वर्तमान व्यवस्थाप्रति नतमस्तक छ भने ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले नेपाल प्रहरीले शान्तिसुरक्षाका अतिरिक्त आपत्विपद्का घटनामा खेलेको भूमिकाको सराहना गरे। उनले नेपाल प्रहरीको कार्यक्षमता, दक्षता र व्यावसायिकता सशक्त हुनुपर्ने भन्दै प्रदेश सरकारले प्रहरीका ५८ भवन, १४ प्रहरी भ्यान र सयौँ मोटर साइकल वितरण गरेको जानकारी दिए ।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपाल प्रहरीले दबाब र प्रभावमा काम गर्न नहुने बताए।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले नेपाली जनताको मनमस्तिष्कमा बस्न सफल नेपाल प्रहरीको छवि उच्च रहेको स्पष्ट पारे। वरिष्ठ प्रहरी उपरीक्षक जय सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक एवं समादेशक भीमबहादुर दाहालले पनि बोलेका थिए ।

कार्यक्रममा महिला बालबालिकाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने २५ राशिको पुरस्कार सुशीला श्रेष्ठ र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने २५ राशिको पुरस्कार पाँचथरका वरिष्ठ प्रहरी सहायक निरीक्षक कुलबहादुर थापालाई प्रदान गरियो । 

सोही अवसरमा कोशी प्रदेशमा सबैभन्दा सर्वोत्कृष्ट कार्य गर्ने वरिष्ठ प्रहरी नायब निरीक्षक गोपालबहादुर थापालाई रु एक लाखको पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १२ : २८ बजे

विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

धरान – प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ

दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार :  मन्त्री अधिकारी

काठमाडौ‌ं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास

प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी