के हो आकाश दीप, कात्तिकमै किन बालिन्छ? « Khabarhub

के हो आकाश दीप, कात्तिकमै किन बालिन्छ?


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट यस वर्षकाे दशैँ सकिएको छ । दानवहरूको संहारपछि कोजाग्रत पूर्णिमाको दिन धनकी देवी लक्ष्मीको आगमन हुने मान्यताका साथ हिन्दु नेपालीहरूको घर आँगनमा आकाश दीप बाल्ने चलन छ ।

आकाश दीप बाँस ठड्याइ बाँसको टुप्पाबाट मकलः अर्थात् बत्ती राख्ने भाँडो डोरीले बाँधेर बेलुका बत्ती बाल्ने परापूर्वकालदेखि चलिआएको परम्परा हो । बाँस नभएको खण्डमा पलाँस, खयर, पीपल आदि पनि ठड्याउने गरेको पाइन्छ ।

धार्मिक विधिअनुसार घरको अगाडि गोबरले लिपि उक्त स्थानमा चन्दनयुक्त शुद्ध जल छर्केर त्यसमा आसनका रूपमा अष्टदलयुक्त कमल बनाइन्छ ।

त्यसको ठीक बीचमा बाँस वा काठको खम्बा ठड्याइन्छ । उक्त खम्बालाई विभिन्न वस्त्र, पताका, ध्वजा, कलशलगायतले सजाएर त्यसमा दीप राखिन्छ ।

यसैगरी अष्टदलको आकृति पनि बनाइन्छ, जसमा बीचमा ठूलो दीप र अन्य ससाना आठ दीप । यी ससाना आठ दीप धर्म, हर, भूमि, दामोदर, धर्मराज, प्रजापति, पितृ र प्रेत गरी तमनिवासीहरूलाई चढाएको मानिन्छ ।

यसरी झुण्ड्याइएको आकाशदीपलाई पञ्चोपचारले पूजा गरिन्छ। पञ्चोपचारअनुसार गन्धका रूपमा चन्दन, पुष्प, धूप, दीप र नैवेद्य आदि चढाई पूजा गरिन्छ ।

धेरै मानिसहरूले आकाश दीपलाई भगवान् विष्णुसँग जोडेर हेर्छन् । आकाश दीप बाल्दा साक्षात् लक्ष्मीको घरमा प्रवेश गराउने धार्मिक मान्यता पनि रहेको छ ।

लक्ष्मी पूजा भन्दा १५ दिन अगाडि आकाश दीप आराधना गरिन्छ । तिहार भन्दा अगाडिका दीनमा धनधान्यकी देवी लक्ष्मी माता पृथ्वी लोकमा रहने शास्त्रीय मान्यता रहेको छ ।

कार्तिक महिनालाई भगवान् विष्णुको प्रिय महिना मानिन्छ । यसै महिना राति सबैभन्दा धेरै अन्धकार सुरु हुने मान्यता छ । यस्तो निस्पट्ट अँध्यारोमा आकाश चरीहरूले पनि आफ्नो बाटो देखुन् भनी आकाश दीप बालिने भनाइ छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १ : १२ बजे

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद

महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न