फिल्म ‘बेहुली फ्रम मेघौली’ : हलबाट उतारेर ओटीटीमा सार्वजनिक गर्ने निश्चलको घोषणा « Khabarhub

फिल्म ‘बेहुली फ्रम मेघौली’ : हलबाट उतारेर ओटीटीमा सार्वजनिक गर्ने निश्चलको घोषणा


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बिहीबार (भोलि) बाट सिनेमा घरबाट निकालिने भएको छ । हलहरुको शो बाडफाँटमा असन्तुष्टि जनाउँदै फिल्मका निर्माता निश्चल बस्नेतले फिल्म हलबाट उतार्ने निर्णय लिएका हुन् ।

हलको विकल्पमा उनले फिल्मलाई ओटीटी प्ल्याटफम ‘एमएसएम भिडियो’ एपमा सार्वजनिक गर्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अक्टोबर १७ बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं ।’

फिल्म ओटीटीमा चाँडै सार्वजनिक हुने बताए पनि उनले मिति भने उल्लेख गरेका छैनन् । ओटीटीमा अमेरिका, जापान, क्यान्डा र सिंगापुरका दर्शकले भने हेर्न नपाउने उनले जानकारी दिएका छन् ।

सिसिफसजस्ता निश्चल बस्नेत : जसलाई फिल्मले चढायो शिखर

आफ्नो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रियाका साथ उच्च अकुपेन्सी पाइरहँदा हिन्दी फिल्मलाई बढी शो दिइएको आरोपसमेत लगाएका छन् । सोही कारण आफूले हलको बिकल्प खोजेको उनको दाबी छ ।

यस फिल्ममा निश्चल र नायिका स्वस्तिमा खड्का केन्द्रीय भूमिकामा छन् । उनीहरु दुवै फिल्मको निर्माता समेत हुन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन-निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ३ : ०६ बजे

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा

इरानको प्रतिकारमा अहिलेसम्म १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते

काठमाडौं– इरानमाथि आक्रमण गरेयता १७ जना अमेरिकी सैनिकको मृत्यु भएको

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी

नयाँ दिल्ली- भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं– के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ