हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी « Khabarhub

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ ।

इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ ।

मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो । 

इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन । 

‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर  गरिएको सेनाले जनाएको छ ।  

इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन कक्षमा ड्रोन प्रहार गर्दा चार सैनिक मारिनुका  साथै  करिब ६० जना घाइते भएको बताएका छन्  । 

 सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि, इरान समर्थित हिजबुल्लाहले उत्तरी इजरायली समुदायहरूमा दैनिक रकेट फायर र ड्रोन प्रक्षेपण गर्न थालेको थियो ।  

सेप्टेम्बर २९ मा सरकारले जारी गरेको तथ्यांकअनुसार उत्तरी इजरायलका ६८ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । हिजबुल्लाह नेताहरूले इजरायलीलाई उनीहरूको घर फर्कनबाट रोक्न आक्रमणहरू जारी राख्ने बारम्बार बताउँदै आएका छन् ।  

सन् २००६ को दोस्रो लेबनान युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ अनुसार हिजबुल्लाह समूहलाई लिटानी नदीको दक्षिण वा  दक्षिणी लेबनानमा उसका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ३ : १७ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को