चर्चित पप गायक ल्याम पेनेको मृत्यु « Khabarhub

चर्चित पप गायक ल्याम पेनेको मृत्यु


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनेको ३१ वर्षको उमेरमा मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो ।

पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको जनाइएको छ । उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ ।

यसै महिनामा उनले अर्जेन्टिनामा भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए ।

सन् २०१० मा युकेको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि पेनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।

यस ब्याण्डले पाँच एल्बल निकालेको थियो । उनीहरुको २०१३ मा आएको तेस्रो एल्बममिडनाइट मेमोरिज २०१३ को विश्वभरको धेरै बिक्रि भएको एल्बम बनेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ९ : ३० बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी