वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०–८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङ्ग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् ।

गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए ।

आव २०८०–८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए ।

चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १० : २९ बजे

अर्थसंक्षेप : ३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, राष्ट्रिय गौरवका २१ आयोजना कछुवा गतिमा

काठमाडौं-  बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ

रास्वपाले सडक आन्दोलन छाड्नुका ६ कारण

काठमाडौं- सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि सडकमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी

उद्योगीलाई मुख्यमन्त्री आचार्यको आग्रह- निर्धक्क भएर लगानी गर्नू 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर

पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा

पिठो तथा इन्धन अभावले गाजाका बेकरी बन्द हुने अवस्थामा 

एजेन्सी – राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा