बीपी राजमार्गमा सवारी चाप बढ्यो, यात्रा कष्टकर « Khabarhub

बीपी राजमार्गमा सवारी चाप बढ्यो, यात्रा कष्टकर


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बडादशैंको समापनसंगै उपत्यका फर्कने यात्रुहरूको संख्या बढेसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ ।  

बाढीपहिरोका कारण ठाँउ क्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ । बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सुचारू गराइएको छ । तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी सधान लामो जाममा पर्ने गरेका छन् । 

दशैंको अगाडि सडक बगाएपछि सडक डिभिजनले यात्रुहरूको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो ।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ । सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

 केही दिनमा सवारी चाप क्रमश घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ ।

बाढीपहिरोका कारण बीपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १२ : २९ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा