वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण « Khabarhub

वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वैदेशिक लगानीको आकर्षण पर्यटन क्षेत्रमा केन्द्रित भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकअनुसार सो अवधिमा भएको कुल वैदेशिक लगानीको ७१ प्रतिशत पर्यटन क्षेत्रमा भएको देखिएको हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनामा १३१ वटा विभिन्न कम्पनीले नेपालमा लगानीको स्वीकृति लिएका छन् । जसमध्ये ९३ वटा कम्पनीहरूले पर्यटन क्षेत्र, १८ वटा कम्पनीले सेवा क्षेत्र, १२ वटा कम्पनीले उत्पादन क्षेत्र, ५ वटा कम्पनीले सूचना प्रविधि क्षेत्र १ वटा कम्पनीले खनिज क्षेत्र र २ वटा कम्पनीले कृषि क्षेत्रमा लगानी गर्ने स्वीकृति लिएका छन् ।

समीक्षा अवधिमा आएको लगानी प्रतिबद्धता मध्ये १ अर्ब १ करोड ३५ लाख ६० हजार २ सय अटोमेटिक रूटबाट आएको छ भने १५ अर्ब ४२ करोड ७७ लाख ५६ हजार ४ सय एप्रुभल रूटबाट आएको विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको ३ महिनामा लगानी प्रतिबद्धता जनाएकामध्ये १२८ वटा कम्पनीले साना उद्योग क्षेत्रमा, १ वटा कम्पनीले मझौला उद्योगमा र २ वटा कम्पनीले ठूला उद्योगमा लगानी गर्ने भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १२ : ४५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको