लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै माइतीघरमा प्रदर्शन | Khabarhub Khabarhub

लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै माइतीघरमा प्रदर्शन


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्यालेस्टाइन र लेबनानमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै अनेरास्ववियु क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा अनेरास्ववियु क्रान्तिकारी क्याम्पस जिल्ला समितिले प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथिको आक्रमण रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । सबै नागरिकको मानवअधिकारको सम्मान हुनुपर्ने संगठनले जनाएको छ ।

विरोध प्रदर्शनका क्रममा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलले लेबनान र प्यालेस्टाइनका जनताप्रति इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै निन्दा गरे । उनले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

उनले अनेरास्ववियु क्रान्तिकारी सबै प्रकारको दमनको विरोधमा रहेको स्पष्ट पारे । संगठनले विपिन जोशीको रिहाइका लागि गम्भीरतापूर्वक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ४ : ०७ बजे

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,

तिहार : आज कुकुर तिहार

काठमाडौं – तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक