नायब सिंह सैनी बने हरियाणाको मुख्यमन्त्री | Khabarhub Khabarhub

नायब सिंह सैनी बने हरियाणाको मुख्यमन्त्री


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्री बनेका छन् । सैनीले बिहिबार हरियाणाका गभर्नर बंडारु दत्तात्रेयसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए । साथै, महाराष्ट्र, गुजरात, छत्तीसगढ, आन्ध्र प्रदेश र मध्य प्रदेशका मुख्यमन्त्रीहरू पनि शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । 

सैनीको शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह र सडक तथा यातायात मन्त्री नितिन गडकरी पनि उपस्थित थिए ।

सैनी अक्टोबर १६ मा हरियाणा विधायक दलको नेता चुनिएका थिए । यसको घोषणा गृहमन्त्री अमित शाहले नै गरेका छन् । पार्टीले अमित शाहलाई हरियाणाको पर्यवेक्षक बनाएको थियो ।

सैनी यस वर्ष मार्चमा हरियाणाको मुख्यमन्त्री बनेका थिए । उनले मनोहरलाल खट्टरको स्थानमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । उनकै नेतृत्वमा भारतीय जनता पार्टीले हरियाणामा सबै सर्वे र एक्जिट पोलको अनुमानका विपरित बहुमतसहित जित हासिल गरेको थियो ।   

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ३० बजे

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा

अब दर्ता नभई सहकारी सञ्चालन गर्न नपाइने, १५ लाखसम्म जरिवाना

काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी– दशैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि