राष्ट्रिय सभा बैठक– मिडिया काउन्सिल विधेयक पेश हुँदै « Khabarhub

राष्ट्रिय सभा बैठक– मिडिया काउन्सिल विधेयक पेश हुँदै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ । दर्ता भएको तीन महिनापछि विधेयक राष्ट्रिय सभामा पेश हुन लागेको हो ।

विधेयकका प्रावधानहरु संशोधन गर्न सरकारले सहमति जनाएपछि विधेयक पेश हुन लागेको हो । बिहीवार १ बजेका लागि बोलाइएको वैठकमा सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ पेश गर्ने कार्यसूची रहेको छ ।

गत वैशाखमा विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संगठनहरु आन्दोलनमा उत्रिएका थिए ।
पत्रकारहरु आन्दोलनमा उत्रिएपछि सरकारले विभिन्न पक्षसँग छलफल र वार्ता गर्दै संशोधन गर्न सकिने जनाएको थियो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलले यो विधेयक फिर्ता हुनुपर्ने भन्दै संसदमा विरोध गरेको थियो ।

दर्ता गरिएको विधेयकमा काउन्सिलका अध्यक्षलाई सरकारले हटाउन सक्ने, समाचार लेखेकै भरमा पत्रकारले १० लाख तिर्नु पर्ने लगायतका व्यवस्था राखिएको थियो । जसको तिब्र विरोध भएको थियो । विधेयकको दफा ३ मा मिडिया काउन्सिल बनाउने व्यवस्था गरिएको थियो ।

दफा १० मा काउन्सिलको अध्यक्षको पदावधिको व्यवस्था गरिएको छ । जहाँ नियुक्त हुने पदाधिकारीलाई सरकारले चाहेका बेला हटाउन सक्ने व्यवस्था प्रस्तावित थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ४५ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर