आज २०८१ साल कात्तिक २ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २ गते शुक्रबारको राशिफल


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर १८ तारिख। कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। आफ्ना हातले ठुलो व्यवहार नगर्नु राम्रो हुनेछ। साथी र संगठनको बलमा समाजमा राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। रोगबाट मुक्त हुने दिन छ। परिवारको साथ मिल्नेछ।

वृष : तपाईंको बोलीमा मोहनी भएकाले धेरै मानिस प्रभावित हुनेछन्। तपाईंको सफलता देखेर जल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा राम्रो फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुन : व्यवहारमा लामो समयदेखि देखिएको समस्याको समाधान हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। तपाईंका विश्वास पात्रले विपक्षीको कित्तामा वकालत गर्दै गरेको सुन्नुपर्ने हुनसक्छ। परिवारसँग रमाइलो यात्रा तय हुनेछ।

कर्कट : शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाम र दाम प्राप्त हुने योग छ। राजनीतिक क्षेत्रमा तपाईंको खुट्टा तान्ने मानिस सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंका काम बन्नेछन्।

सिंह : महत्त्वपूर्ण काम गर्नु भन्दा अगाडि बन्धुसँग सल्लाह गर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। खानामा अरुचि बढ्नसक्छ।

कन्या : लगानीका क्षेत्र सबल छन्। तपाईंको खर्च भन्दा आम्दानी राम्रो छ। परिवारमा साथ र सहयोग गर्नेको संख्या ठुलो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको कला र गलाको प्रशंसा हुनेछ। धन आर्जनको क्षेत्रमध्ये वैदेशिक लगानीमा उत्साह मिल्नेछ। परिवारको तर्फबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यमा भएका विसंगतीविरुद्ध आवाज उठाउने अवसर मिल्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमै धन आर्जनको बाटो भेटिने छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

धनु : गुम्न लागेको धन हात लाग्नेछ। पुरानो रोग बल्झिने खतरा भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने समय छ। संकटमा परिवारको भने राम्रो साथ र सहयोग मिल्नेछ। प्रेम सफल बन्नेछ।

मकर : अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशन्त बन्नसक्छ। आफन्त र साथीभाइको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। राजनीतिक संगठनको बलमा सोचेका काम सफल बन्नेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कुनै योजना बनाएको भए साथीभाइको साथ मिल्नेछ। योजना सार्वजनिक गर्नु भन्दा सुरुमै काम गर्नु राम्रो हुनेछ।

मीन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। खानपानमा ख्याल नगर्ने बानीले रोगले सताउनसक्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : ०९ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको