हमास नेता सिनवारको मृत्यु भएको पुष्टि | Khabarhub Khabarhub

हमास नेता सिनवारको मृत्यु भएको पुष्टि


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ७ अक्टोबर २०२३ मा भएको इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिनवार मारिएका छन् ।

 बिहीबार शवको दन्त्य परीक्षण तथा डीएनए परीक्षण गरेर मारिएको पुष्टि भएको हो । बुधवार भएको ट्याङ्क आक्रमणको शव बिहीबार फेला परेको हो । उनको दन्त्य परीक्षण र डीएनए गरिए पछि इजरायली सेनाले यसको पुष्टि गरिएको हो । दक्षिणी गाजाको रफाहामा गरेको आक्रमण पछि सेनाले नै शव लिएका थिए । उनी सिनवार भएको अनुमान पछि परीक्षण भएको थियो । 

सिनावरको मृत्यु पछि नेतान्याहुले बन्दीको रिहाइ र हतियार छाड्नु मात्र हमासका नेताले ज्यान बचाउन सक्ने अन्तिम उपाय भएको बताएका छन् । 

सिनावरको मृत्यु पछि  संसारका धेरै नेताले प्रतिक्रिया दिएका छन्  । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विरामको बाटो खुला भएको प्रतिक्रिया दिएका छन् ।  अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले सिङ्गो संसार नै सिनावरको मृत्युमा खुसी भएको जनाएकी छिन् । 

अहिले इजरायलमा बन्दी बनाइएकाहरूको परिवारमा भने आफ्ना प्रियहरूको जीवन अझ बढी जोखिममा परेको महसुस गर्न थालेका छन् । अहिले १०० जना भन्दा बढी अझै हमासको कब्जामा छन् ।

सन् २०११ मा इजरायली जेलबाट छुटे पछि हमासको हरके अपरेसनमा उनको भूमिका मुख्य रहेको थियो । उनको मृत्युले हमासलाई ठुलो संकट पर्ने जनाइएको छ । ३१ जुलाईमा हमासका नेता इस्माइल हानिएको मृत्यु भए पछि उनको नेतृत्वमा हमास थियो । 

बुधबार उनी सुरुङ छाडेर अपार्टमेन्ट प्रवेश गर्न खोजेको समयमा आक्रमण भएको इजरायली सेनाले जनाएको हो ।  

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : २० बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको