बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द   | Khabarhub Khabarhub

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित ८ वटा सरकारी बिदा रद्द गरेको घोषणा गरेको छ । यी मध्ये, दुई सबैभन्दा महत्त्वपूर्ण मितिहरू मार्च ७  र अगस्ट १५ समावेश छन्।

मार्च ७ मा बङ्गलादेशका संस्थापक शेख मुजिबुर रहमानले भाषण दिएर पाकिस्तानी सेनाको विरुद्धमा सम्पूर्ण देशलाई एकजुट गरेको दिन हो । अहिले यो दिनलाई त्यहाँ स्वतन्त्रताको बिगुल फुकेको दिनका रूपमा स्मरण गरिन्छ । 

त्यस्तै बङ्गलादेशमा अगस्त १५ मा शोक मनाइन्छ । सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका धेरै सेनाका अधिकारीहरूले शेख मुजिबुर रहमानको घरमा प्रवेश गरी उनको हत्या गरेका थिए । यस दिन त्यहाँ शोक मनाइएको थियो । युनुस नेतृत्वको सरकारले यी दुवै दिनको बिदा रद्द गर्ने निर्णय गरेको छ ।

यो निर्णय लिनेमा शेख हसिनाको विरुद्धमा आन्दोलन सुरु गरेका व्यक्तिहरू पनि पर्छन्। जसले पछि उनको पदच्युतको नेतृत्व गरेको थियो ।

शेख मुजिबुर रहमानकी छोरी शेख हसिनाको पार्टी अवामी लिगले बिदा रद्द गरेकोमा विरोध गरेको छ । पार्टीले आफ्नो फेसबुक पेजमा गैरकानुनी सरकारले बंगलादेश निर्माणको इतिहासलाई नष्ट गर्न खोजेको टिप्पणी गरेको छ । लिगले देशमा पाकिस्तानको विचारधारा थोपाउन चाहेको उल्लेख गरेको छ ।

त्यस्तै बिहिबार बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधिकरणले हसिनासहित ४६ जनालाई पक्राउ गरी नोभेम्बर १८ सम्म न्यायाधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ११ बजे

माधव नेपालले भने- काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको

वैकल्पिक विकास वित्त विधेयक माथिको छलफल

काठमाडौं– वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

दोधारा चाँदनी- महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

कालीकोटको टाकुल्लामा हाइस दुर्घटना हुँदा सात जना घाइते

जुम्ला– जिल्लाको टाकुल्लामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा एक बच्चा,