चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह « Khabarhub

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताए।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए। रगत अभावका कारण नियमित शल्यक्रियामा  समेत समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ५० बजे

रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकाहरूलाई जबरजस्ती रूसमा नराखी तत्काल

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा

एजेन्सी– अमेरिकामा नवजात हेपाटाइटिस–बी खोपले विवाद निम्त्याएको छ । राष्ट्रपति

नेपालमा माटोको गुणस्तर खस्कँदो, ५४ प्रतिशत माटो अम्लीय

काठमाडौं– नेपालको खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको सरकारी

जेन-जी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै खुल्यो (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण क्षति

टस जितेर चितवनले रोज्यो पहिला फिल्डिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो