स्मार्टफोनको ब्याक कभर कसरी सफा राख्ने ? | Khabarhub Khabarhub

स्मार्टफोनको ब्याक कभर कसरी सफा राख्ने ?


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विज्ञान र प्रविधिको विकाससँगै मोबाइल फोन बोक्नेको संख्या पनि बढिरहेको छ । पछिल्लो समय प्राय: व्यक्तिको हातमा मोबाइल फोन देख्न सकिन्छ ।

बालकदेखि वृद्धवृद्धासम्मलाई मोबाइल फोन साथीजस्तै भएको छ । हरेकलाई आफ्नो मोबाइल फोन सुरक्षित साथै आकर्षक देखाउन मनपर्छ । मानिसहरू कसरी आफ्नो मोबाइललाई राम्रो र आकर्षक बनाउने भनी हरसम्भवः प्रयास गरिरहेका हुन्छन् ।

हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको स्मार्टफोन सुरक्षित राख्न हामी ब्याक कभर प्रयोग गर्छौं । तर, समय बित्दै जाँदा धुलो, फोहोर र ब्याक्टेरिया थुप्रिन थालेपछि कभरको रङ फिक्का हुन्छ।

मोबाइलको पछाडिको कभर सफा र चम्किलो राख्न केही सजिलो टिप्सहरू अपनाउन सकिन्छ । भारतीय मिडिया नवभारत टाइम्सका अनुसार  स्मार्टफोनको पछाडिको कभर सफा र चम्किलो राख्न, यसलाई साबुन र मनतातो पानीले सफा गर्न सकिन्छ ।

कभरमा लागेको दाग ​​हटाउन सेतो मञ्‍जन (टूथपेष्ट) र नरम कपडा प्रयोग गर्नुपर्छ । पछाडिको कभरको नियमित सफाइको लागि महिनामा एक पटक एन्टी-ब्याक्टेरियल वाइप र बेकिङ सोडा प्रयोग गर्नुपर्छ ।

यसरी सफा गर्नुहोस् :

साबुन र पानीले सरसफाइ : सिलिकन वा रबरको ब्याक कभरलाई साबुन र मनतातो पानीले सजिलै सफा गर्न सकिन्छ । कभरमा जमेको फोहोरलाई विस्तारै हटाउन नरम कपडा वा स्पन्ज प्रयोग गरी कभर सुकाउँदा राम्रो हुन्छ ।

टूथपेस्ट प्रयोग : यदि पछाडिको कभरमा गाढा दागहरू छन् भने थोरै मात्रामा सेतो टुथपेस्ट लगाउनुहोस् र नरम कपडाले विस्तारै रगड्नुहोस्, टूथपेस्टले कभरको फोहोर हटाउँछ र नयाँ जस्तै बनाउँछ।

बेकिङ सोडा र पानीको मिश्रण : प्लास्टिक र सिलिकन कभरहरू सफा गर्न बेकिङ सोडा र पानीको पेस्ट बनाउनुहोस् । यो पेस्ट कभरमा लगाउनुहोस् र नरम कपडाले विस्तारै माड्नुहोस् । यसले कभरको गहिराइमा जम्मा भएको फोहोरलाई पनि सफा गर्छ।

एन्टी ब्याक्टेरियल वाइप्स : ब्याक्टेरिया पछाडिको आवरणमा जम्मा हुन सक्छ, त्यसैले समय-समयमा एन्टी-ब्याक्टेरियल वाइपहरू प्रयोग गर्नुहोस् । यसले सफा मात्र गर्दैन कभरलाई कीटाणुरहित पनि राख्छ।

नियमित सरसफाइ: पछाडिको कभर सफा राख्न, यसलाई नियमित रूपमा सफा गर्न महत्त्वपूर्ण छ । कभरअल लामो समयसम्म राम्रो देखिन र फोहोर जम्मा हुनबाट जोगाउन, निम्न विधिहरू प्रयोग गरी महिनामा एक पटक सफा गर्नुहोस् । –नवभारत टाइम्सबाट साभार

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : २१ बजे

काबेली प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

इलाम– इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२

दिल्लीमा आगलागी हुँदा दुई जनाको मृत्यु, चार घाइते

नयाँदिल्ली– दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० पुस्तक छनोट

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति

विपद् बैठकमा प्रधानमन्त्रीले भने, ‘कुरा काट्ने प्रवृत्ति छ, मिलेर सामना गर्नुपर्छ’ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३

श्रीमान पक्राउ पर्ने हल्ला सुनेपछि निकिता पनि पुगिन् पार्टी कार्यालय 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला