फिल्म ‘कर्मा’ चैत २९ मा, एक्सन अवतारमा देखिँदै विपिन « Khabarhub

फिल्म ‘कर्मा’ चैत २९ मा, एक्सन अवतारमा देखिँदै विपिन


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक सौरभ चौधरीले अभिनेता विपिन कार्कीलाई एक्सन अवतारमा उतार्ने भएका छन् । फिल्म ‘कर्मा’मा विपिन एक्सन अवतारमा देखिने भएका हुन् ।

निर्माण पक्षले शुक्रबार निर्माण घोषणा गर्दै केन्द्रीय पात्रका लागि विपिन अनुबन्ध भएको जानकारी दिएको हो । फिल्मको प्रदर्शन मिति चैत २९ लाई तोकिएको छ ।

अनाउन्समेन्ट पोस्टरमा विपिन जिममा कसरत गरिरहेका छन् । यही फिल्मका लागि ज्यान बनाउने क्रममा सो तस्बिर लिइएको विपिनले जानकारी दिए । भन्छन्, ‘एक्सन फिल्म भएपछि ज्यान बनाउनुपर्ने भयो । सार्वजनिक फोटो त्यही क्रममा लिइएको हो ।’

विपिन फिल्मका लागि गृहकार्यमा लागे पनि अहिलेसम्म छायाङ्कन मिति टुङ्गो लागेको छैन । जाडोयाममा छायाङ्कनमा निस्कने योजना भएको आफ्नो तर्फबाट तयारीमा जुटेको विपिन बताउँछन् ।

एक्सन जनरामा बन्ने ‘कर्मा’ एक युवकले आफ्नो लक्ष्य पछ्याउने क्रममा आएका उतारचढावको कथामा आधारित रहेको बुझिएको छ ।

निर्देशक चौधरीका अनुसार फिल्मका अन्य कलाकारको चयनको काम भने बाँकी छ ।

यो फिल्मको कथा निर्देशक चौधरीले नै लेखेका हुन् । उनको यो तेस्रो निर्देशन हो । यसअघिको उनको फिल्म ‘अगस्त्य ः च्याप्टर १’बाट उनले सकारात्मक प्रतिक्रिया पाएका थिए ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने यस फिल्ममा वसन्त लम्सालले लगानी रहनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : २० बजे

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले