‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृति सार्वजनिक « Khabarhub

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृति सार्वजनिक


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ कालागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम शुक्रबार सार्वजनिक गरेको छ ।

छनौटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध,  इन्दु नेपाल योन्जनको कविता सङ्ग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध सङ्ग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रविण खालिङको निवन्ध सङ्ग्रह चियागफ, मन्जुला तामङ सुव्वाको कविता सङ्ग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका छन् । स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ ।

यिनै १० कृति मध्ये एक कृतिलाई ताम्र पत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । पुरस्कार राशी नगद राशी २ लाख रुपैयाँको रहेको छ ।

पुस्तकालयले दुई बर्षअघि देखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

यसै गरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवकालागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनौट गरेको छ । महोत्सवकालागि प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनौट गरिएको हो ।

पुस्तकालयले सार्वजनिक गरेको कविताहरूमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रसान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैचाको अर्ग्यानिक मुस्कान र सुनसरीका दिपा मग्रातीको देशमा मेरो अनुहार रहेका छन् ।

रुपैयाँ, दोस्रोलाई १८ हजार रुपैयाँ र तेस्रोलाई १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : २२ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको